पर्बत जिल्लाको दक्षिणी भेगमा अवस्थित एउटा अत्यन्तै सुन्दर , रमणीय स्थल ,नेपालकै पर्यटकीय नगरी भनेर चिनिने गण्डकी प्रदेशको राजधानी पोखरा देखि करिब १०० किलोमिटरको दुरीमा रहेको प्रकृतीको अनुपम सम्पदाले भरिपुर्ण बिहादी गाउँपालिका ,भौतिक विकास र सम्वृद्धिको अपार सम्भावना रहेको गाउँपालिका हो |
यस गाउँ पालिकामा बिभिन्न धार्मिक ,साँकृतिक तथा पर्यटकीय स्थलहरु रहेका छन् | लुङ्ग्रेङ्ग कालिका मन्दिर ,ग्वर्लिङ्ग देबी थान ,देउराली मन्दीर ,सिबपूरी धाम ,छापाकोट मन्दिर ,उरामको गौरादेबी मन्दिर ,,बछेस्वोर मन्दिर ,कालिगण्डकी को किनारामा अवस्थित विश्वकै सबभन्दा ठूलो शालिग्राम शीला जस्ता धार्मिक तथा ,ऐतिहसिक महत्व बोकेका विभिन्न पर्यटकीय स्थलहरु हुन् | प्राकृतिक श्रोत र साधन तथा कला संकृतिले धनि मानीने यो गाउँ पालिका मा उपलब्ध , प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्नसके यो नेपालकै एउटा नमुना गाऊपालिका बन्ने कुरामा कुनै दुईमत छैन |

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ। बिहादी गाउँपालिका–५ ल्हुङ्गरेङ्गको लामाचौर डाँडामा प्याराग्लाइडिङको सफल उडान गरिएको हो । उरामको गेप्ताङ गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो।

पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आउनुभएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश नेपाली, विक्रम नेपाली र सत्या राईले विहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडान गरिएको हो।

प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिँडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको गेप्ताङ सामुदायिक होमस्टेका डाइरेक्टर शेर बहादुर थापाले बताउनुभयो । बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

मैले ढिलै भए पनि प्याराग्लाइडिङको परीक्षण उडान क्रममा कैद गरिएका केहि रमाइला भिडियो फुटेजहरु तपाई समक्ष्य प्रस्तुतगर्ने जमर्को गरेकोछु ,ताकी हाम्रो आफ्नो गाउँ-ठाउंमा भएगरेका राम्रा प्रसंसनिय कार्यलाई प्रचार प्रसार गरेर ,बिस्वसामू चिनाउनु आवस्यक छ । भिडियो हेरेर कमेन्ट गरिदुनुहोला, भिडियोमा भएका कमी-कम्जोरीहरुलाई औल्याई दिनुहोला । यो भिडियोलाई आफ्ना साथीहरुलाई सक्दो सेयर गरिदिनु होला । अझै सुन्दर र स्मबृधिशाली बनाउन के-कस्ता विकासका कामहरु गर्नुपर्ला कमेन्टमा लेख्नुहोला । आफ्नो राय ,सल्लाह सुझाब राख्न नहिच्किचाउनुहोला, धन्यवाद !

Programmed Organized By: GEPTANG HOMESTAY
Bihadi Rural Municipality, Parbat, Nepal
Venue: Lungreng-Lamachaur, Bihadi Rural Municipality, Parbat, Nepal
Credited By: Tara Magarni (Video)
Nir Bahadur Thapa (Video)
Sher Bahadur Thapa
Sangam Thapa Magar-Ramailo Parbat Nepal, Geptang Parbat (Photo)
Geptang Homestay Family
Bihadi Rural Municipality, Parbat, Nepal and
Nepal Tourism Board
Video Edited By Yam Thapa
Backgrounds music Kutumba - mir mire bhaka - http://youtu.b